Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुद्धोधनमा माघी महोत्सव :थारु पहिचानको लागि एकता आवश्यक

शुद्धोधनमा माघी महोत्सव :थारु पहिचानको लागि एकता आवश्यक

  • 1.8K
    SHARES

  • शुद्धोधनमा माघी महोत्सव :थारु पहिचानको लागि एकता आवश्यक

    बुटवल,पुस ३० ।

    थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजानमा वडा नम्बर ४ दर्वाहमा माघे शंक्रान्तीको अवसरमा दुई दिने मेला गरिएको छ ।  

    मेलाकोमुल कार्यक्रमलाई संवोधन गर्दै थारु कल्णणकारी राष्ट्रिय सभा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले थारु पहिचानको लागि एकता आवश्यक रहेको बताए ।

    उनले सास्कृतिक पर्वको रुपमा रहेको माघीलाई राष्ट्रिय पर्वको स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसाद निर्मलादेवी  चौधरीले थारु पहिचानको लागि आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन ।tharu magi.jpg

    गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले थारु समुदायको महान पर्वलाई विगत लामो समय देखि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले आगामी  दिनमा पनि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जानाए ।  निर्वतमान प्रदेश सभा सदस्य पुष्पा चौधरीले विगत लामो समय देखि थारु पहिचानको आन्दोलन जारी रहेको भन्दै यसलाई सबैले निरन्तरता दिनुपर्ने बताईन ।magi.jpg
    वडा अध्यक्ष चन्द्रभान चौधरी, भगवती चौधरी, जिल्ला सभापती सतिष चौधरी, सचिव सरिता चौधर लगायतले मन्तव्य  राखेका थिए । 
    दुई दिन सम्म चलेको माघी महोत्सवमा विभिन्न सास्कृतीक कार्यक्र सहित खेलकुद कायृक्रम समेत अयोजना गरिएको थारु कल्णकारी सभा शुद्धोधन गाउँपालिका अध्यक्ष पल्टन  चौधरीले जानकारी दिए ।  महत्सवमा थारु परिकार सहित विभिन्न सास्कृतिक कार्यक्रम, भेषभुषा समेत प्रर्दशन गरिएको थियो ।  कार्यक्रममा राष्ट्रिय गायक तथा गायिकाहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।tharu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology