बुटवल ४ मंसिर-
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायी सन्तोष खनालको मृत्यु भएकोमा समितिले प्रदान गर्ने व्यवसायी राहात कोषवाट २ लाख राहात रकम प्रदान गरेको छ ।
समितिका पूर्व लेखा समिति तथा कार्यसमिति सदस्य तथा समितिमा आवद्ध व्यवसायी खनालको काठमाडौमा उपचारको क्रममा गत कार्तिक २६ गते मृत्यु भएकोमा थियो ।
समितिले आफ्ना व्यवसायीको मृत्यु हुदाँ राहात स्वरुप २ लाख रुपैयाँ प्रदान गर्ने गरि स्थापना गरेको व्यवसायी राहात कोषवाट उक्त रकम प्रदान गरिएको अध्यक्ष यम प्रसाद पाडेले बताउनुभयो ।
स्वर्गीय खनालको बुटवल १० कालिका नगर स्थित निवाषमा विहिवार आयोजित शोक सभामा समितिका तर्फवाट अध्यक्ष पाण्डेले मृत्यक खनालका दाजु शंकर खनाललाई २ लाख रुपैयाँको चेक प्रदान गर्नु भएको महासचिव जीत बहादुर भाटले बताउनुभयो ।
यस क्षेत्रका यातायात व्यवसायी खनालको अल्पायुमै भएको निधनले स्तव्ध बनाउनुका साथै परिवारजनमा पर्न गएको दूखद घडीमा समितिले शोक व्यक्तव्य समेत प्रकट गरेको वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्कीले बताउनुभयो ।
शोक सभामा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, उपाध्यक्षहरु अर्जुन भुसाल, डिल्लीराम रिजाल, नारायण थापा , गणेश घिमिरे सिद्धार्थ उदय, सल्लाहकार खगराज गौतम ,कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बावुराम अधिकारी सहायक कार्यालय प्रमुख प्रकाश गैरे लगायतको उपस्थित रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)