Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशुल स्थापना

अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशुल स्थापना

  • 1.3K
    SHARES

  • अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशुल स्थापना

    अर्घाखाँची,पुस २८ ।

    अर्घाखाँचीको सन्धिखर्क २ घोचेखोलामा रहेको शिव मन्दिरमा अग्लाे त्रिशुल स्थापना गरिएको छ ।

    सन्धिखर्क २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशुल आज बिहिबार वैदिक विधि पुर्बक पुजाआजा गरी स्थापना गरिएको हो ।  धार्मिक पर्यटक भित्राउने उदेश्यले पंडित केशवराज आचार्यले वैदिक विधि पुर्बक पुजाआ गरि त्रिशुल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो ।

    सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिव भगवानको मन्दिर समेत रहेको छ । यस स्थानमा शिवरात्रीको दिन विशेष पुजाआजा तथा दैनिक पुजा हुदै आएको छ । दाङमा रहेको त्रिशुल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology