Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु

  • 2.1K
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु

    बुटवल,मंसिर ४ - 

    नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छछ।

    मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८५८ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै निधन हुनेको संख्या १ हजार २७६ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology