बुटवल,पुस २७ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । गिरी लुम्बिनी प्रदेशका पूर्व मन्त्री समेत हुन् ।
प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आजै नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसदहरु र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश गरिएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३-३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना सदस्य रहेका छन् ।

को हुन् लिला गिरी ?
नाम : लिला गिरी
जन्म मिति : २०११ चैत १४ गते
जन्मस्थान : रुरु-५, बम्घा गुल्मी
हाल : तिलोत्तमा-१ शंकरनगर
पत्नीको नाम : इन्दिरा गिरी
सन्तति : छोरी (२) छोरा (१)
शैक्षिक योग्यता : बीए
राजनीतिक जीवन
–२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
–२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
–२०३७ सालको मजदुर आन्दोलनमा सहभागी
–२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
–२०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
–२०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध
–२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत)
–२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
–२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
–२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
–२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
–२०६१ मा शाही कु विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
–२०६२-६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
–२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
–२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशन केन्द्रीय कमिटी सदस्य
–२०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
–२०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटब्यूरो सदस्य
–२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता
राजकीय भूमिका
–२०४९ मा पहिलो गाविस अध्यक्ष (शंकरनगर गाविस)
–२०७४ मा प्रदेश सभा सदस्य
–२०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
–२०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित
–२०७९ पुसमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त (५८ जना सांसदहरूको समर्थन)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)