Logo बिहिवार, आश्विन १ गते २०८३
images

अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को बचन

अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को बचन

  • 1.6K
    SHARES

  • अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने  प्रधानमन्त्री  ‘प्रचण्ड’को  बचन

    काठमाडौँ पुस, २७  ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले पाएको यो अवसरलाई सदुपयोग गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग वाइसीएलले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने बचन दिएका छन् । 

    ‘हामीले पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ । पार्टी निर्माणमा, वाइसीएल बलियो बनाउनेमा, जनताको विकास निर्माणको गतीलाई बढाउन र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नेमा सदुपयोग गर्नु छ’ प्रचण्डले भने,  ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौं । त्यसमा मैले सदनमा जुन हिजो प्रस्तुत गरेको छु ।

    त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुने छ ।’ यदि युवा  नेतृत्वहरू इमानदार भए यहीँबाटै समाजवादको आरम्भ विन्दु बन्न सक्ने प्रचण्डको भनाइ छ । प्रचण्डले पार्टी र सरकारलाई यो चुनौतीपूर्ण अवसर सफल पार्नको सहयोग गर्न अपिल गरेका छन् ।

    पार्टीलाई व्यापक रूपमा विस्तार वाईसीएल लाग्न प्रचण्डले निर्देशन दिएका छन् । अहिले पार्टीमा युवाहरूलाई समेट्न २० प्रतिशत कोट छुट्याएको बताए । 

    ‘हामीले पार्टीमा युवाहरूलाई २० प्रतिशत राख्ने कुरा आवेगमा गरेको निर्णय होइन । युवाहरू सक्रिय भएर पार्टीलाई बलियो बनाउन ल्याएको हो’ प्रचण्डले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology