Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाए विश्वासको मत

  • 2.5K
    SHARES

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाए विश्वासको मत

    काठमाडौं,पुस २६ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको समर्थन पाए  ।

    प्रधानमन्त्री प्रचण्डले  विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । 

    संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

    यस्तै दुई सांसदले विपक्षमा मत दिए ।  मतदानमा २७० सांसद उपस्थित थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology