Logo बिहिवार, आश्विन १ गते २०८३
images

२ महिनाको दुधे बालक कोठामा,दुबै मृगौला पिडित आमा भने अस्पतालको बेडमा !

२ महिनाको दुधे बालक कोठामा,दुबै मृगौला पिडित आमा भने अस्पतालको बेडमा !

  • 5.4K
    SHARES

  • २ महिनाको दुधे बालक कोठामा,दुबै मृगौला पिडित आमा भने अस्पतालको बेडमा !

    बुटवल,पुस २५ ।

    दुबै मृगौलाले काम नगरेपछि उपचाररत गुल्मी ध्रुर्कोट ५ की एक महिला आर्थिक अभावमा परेकी छन्  ।उपचारमा ठूलो रकम लाग्ने भएपछि अनिता भण्डारी तिमिल्सिना मानसिक र आर्थिक गरि दोहोरो समस्यामा परेकी हुन् ।

    बिगत २७ दिनदेखी ललितपुर ग्वार्को स्थित क्रिष्ट अस्पतालमा उपचार गराइरहेकी शाकाहारी अभियन्ता अधिवक्तासमेत रहेकी अनिताले सहयोगको अपिल गरेकी हुन् । उनले सबैले सक्दो सहयोग गरेर आफ्नो जीवन बचाँइदिन अनुरोध गरेकी हुन् ।

    अनिता यसो भन्छिन्- उनकै कै शब्दमा ।

    “सबै जनालाई नमस्कार
    एक्कासी मेरो दुबै मृगौला फेल भएको थाहा पाएदेखि किन र कसरी यति छोटो समयमा दुबै मृगौला बिग्रीयो भनेर एक महिना अगाडी देखि विभिन्न Lab test हरु गरियो र नेपालमा हुने सबै चेकजाँचले केही पत्ता नलागेपछि १ हप्ता अगाडी ( Renal biopsy ) (मृगौलाबाट सानो मासुको टुक्रा झिकेर जाँच गर्ने पद्दती) भारतमा जाँचको लागि पठाइएको थियो । Report र Doctor को सल्लाह बमोजिम मेरो दुबै मृगौला (काम नगर्ने गरी) नै फेल भइसकेको र नियमित रुपमा हप्तामा २ पटक डाइलासिस गर्दै Doctor कै निगरानीमा थप लामो उपचार गराउनुपर्ने अवस्था सृजना भएको छ ।हाल उपचारकै क्रममा हाल kist medical college, ग्वार्को ललितपुरमा २२ दिन देखि भर्ना भएर उपचार गराइरहेकी छु ।

    मृगौलाको उपचार धेरै महङ्गो र जटिल त्यसैमाथी कारण र त्यसको समाधानको उपाय पत्ता लगाउने क्रममा नै धेरै रकम खर्च हुनु, कलिलो उमेरमै शारिरिक रुपले साह्रै कमजोर बन्नु, त्यसै माथी २ महिनाको दुधे बालकलाई कोठामा छोडेर लामो समय अस्पतालको बसाई हुनुले थप मानसिक रुपमा पीडा थपिएको छ । तर म आफ्नो परिवार र मेरो सानो बच्चाको लागि पनि म आत्मबल बढाएर सम्भव भएसम्मको उपचार गरेर बाँच्नैपर्छ भनेर हिम्मत हारेको छैन ।

    हजुरहरुको माया, साथ, सहयोग, उत्प्रेरणा,उर्जा, हौसला, आशीर्वाद मिल्यो भने पक्कै पनि निको भएर पुनर्जीवन पाउनेछु भन्ने आशा र विश्वास लिएकी छु ।“

     सहयोग गर्न चाहानु हुनेको लागि :

    Anita Bhandari
    Sunrise Bank
    Ac. No. 0521135288301001
    Butwal Branch

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology