Logo मंगलवार, श्रावण १२ गते २०८३
images

केपी ओलीले फेरि भने - संसद विघटन प्रतिगमन हुँदै हाेइन

केपी ओलीले फेरि भने - संसद विघटन प्रतिगमन हुँदै हाेइन

  • 2.4K
    SHARES

  • केपी ओलीले फेरि भने - संसद विघटन प्रतिगमन हुँदै हाेइन

    काठमाडाैँ,पुस २५ । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन् ।

    निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए । संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि ।

    मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन ।’ 

    उनले संसदबाट सरकार बन्नु र  ढल्नु प्रतिगमन नभएको जिकिर गरे । उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ । अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन ।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology