Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसदमा रवि लामिछानेको गर्जन : हामी कहीँकतै चुक्यौँ भने पद र कुर्सीमा झुन्डिने छैनौँ

संसदमा रवि लामिछानेको गर्जन : हामी कहीँकतै चुक्यौँ भने पद र कुर्सीमा झुन्डिने छैनौँ

  • 1.8K
    SHARES

  • संसदमा रवि लामिछानेको गर्जन :  हामी कहीँकतै चुक्यौँ भने पद र कुर्सीमा झुन्डिने छैनौँ

    काठमाडाैँ,पुस २५ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतासँग गरेको बाचा पूरा गर्न सरकारमा गएको प्रस्ट पारेका छन् ।  साथै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने दाबी समेत गरेका छन् । ती कामहरूले सुरुवात भैसकेको भन्दै लामिछानेले आफ्नो पार्टी र आफूमाथि समेत लाग्दै आएका आरोपहरूको सफाइ दिने प्रयास गरेका छन् ।

    ‘म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु– म सम्बद्ध दलका कुनै पनि सांसदहरूबाट कुनै पनि किसिमको अनियमितता हुनेछैन ।

    कहीँकतै नागरिकलाई दुख दिने काम हुनेछैन’, लामिछानेले भने, ‘कुनै काण्डहरूमा हामी मुछिनेछैनौँ । म बाचा गर्न चाहन्छु, मुलुक र मुलुकवासीका लागि हामीले हिजो गरेका बाचाहरू पूरा गर्न तयार भएर आएका छौँ । कुनै पनि दिन तपाईँहरूले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरूका कारणले आफ्नो शिर झुकाउनुपर्ने छैन ।’

    ‘हामीले गरेको राजनीतिले आम सर्वसाधारणको जीवनलाई छुनुपर्ने हो । तर आम सर्वसाधारणको जीवनमा हामीले गरेको राजनीतिले कति छोयो कति छोएन रु अव निर्मम समीक्षा गर्नुपर्नेछ । र, सरकारमा सहभागी हुने हाम्रो यो निर्णयमा विशेष गरेर दुई ठुला राजनीतिक दलका शीर्ष नेताज्युहरुसँगको बैठकमा जुन प्रतिबद्धता व्यक्त भयो त्यसबाट हामी हौसिएका छौ । कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी जनताले महसुस गर्ने गरी हामी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौ भनेर दुई शीर्ष नेताले गर्नुभएको छ त्यो विश्वासमा हामी अडिएका छौ । त्यो विश्वास एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई गरेको विश्वासमात्रै होइन,सरकार बनाउन र सङ्ख्या पुर्‍याउनका लागि जोडिएको हिसाबमात्रै होइन ।

    यो हिसाव नेपाली जनताले खोज्नेछन् र त्यो जनतालाई बुझाउनका निमित्त यस पटक कुनै कसर बाँकी राख्नेछैनौँ भनेर शीर्ष नेताज्यूहरुबाट जुन वचनबद्धता आएको छ यो बचनबद्धताले काम गर्नेछ भन्ने विश्वस्त छु । र, नेपाली जनताले महसुस गर्नसक्नेगरी सरकार अगाडि बढ्नेछ । यसर्थमा हाम्रो सरकारमा सहभागिता रहेको छ । यो प्रतिबद्धता कुनै कमीकमजोरी आएको खण्डमा हामी सरकारमा या पदमा टाँसिरहने लोभमा रहनेछैनौ यो वाचा पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई यहीँबाट गराउन चाहान्छौँ । हामी आफ्नो कर्तव्य पुरा गर्ने शिलशिलामा कहींकतै चुक्यौ भने त्यो पद र कुर्सीको लोभमा झुन्डिने छैनौँ, यसमा यहाँहरू सत्ता साझेदार निर्धक्क हुनुहोला ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology