Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोल्पामा जीपको ठक्करवाट एकको मृत्यु,२ जना गम्भीर घाइते

रोल्पामा जीपको ठक्करवाट एकको मृत्यु,२ जना गम्भीर घाइते

  • 2.4K
    SHARES

  • रोल्पामा जीपको ठक्करवाट एकको मृत्यु,२ जना गम्भीर घाइते

    बुटवल,मंसिर ४ -

    रोल्पामा जीपको ठक्करबाट दाजुको मृत्यु भएको छ भने बहिनी र नाती गम्भीर घाइते भएका छन् ।

    सुनिलसमृती गाउँपालिका वडा नं. ८ अरेस निवासी  ४६ बर्षीय राहुल मगरको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा विहीवार राति साढे १ बजेतिर बाटो मै मृत्यु भएको छ ।

    बुधवार बेलुका साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृती गाउँपालिका वडा नं. ८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जीपले पैदल हिडिरहेका ३५ बर्षीया रिमा पुन र ६ बर्षीय राजेन्द्र पुनलाई ठक्कर दिएको थियो ।

    राहुल रिमाका दाजु हुन भने राजेन्द्र रिमाका नाति रहेको प्रहरीले बताएको छ । पैदल हिडिरहेका उनीहरुलाई जीपले ठक्कर दिएपछि  प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पछि थप उपचारको लागि  बुटवल तर्फ लैजादै गर्दा राहुलको  वाटोमा नै मृत्यु भएको थियो ।

    घाइते रिमा र राजेन्द्रको बुटवलमा उपचार भइरहेको छ । घाइते मध्य रिमाको अवस्था गम्भीर रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीले जानकारी दिए ।

    उनीहरुलाई ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology