Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसार बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारणसभा

संसार बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारणसभा

  • 2.1K
    SHARES

  • संसार बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारणसभा

    बुटवल, पुस २४ ।

    संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–११ देवीनगरको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुनाखर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले सहकारी सेयर सदस्यको आर्थिक मेरुदण्डको रुपमा रहेकोले सदस्यको वृद्धि विकासमा यसले सहयोग गर्ने बताए ।

    सहकारीका अध्यक्ष प्रकाश भट्टराईले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ढकेश्वर भट्टराईको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक कमल गौतमको अनुमतिमा लेखासमिति सदस्य अलाउदिन अलीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

    २०६९ चैत १५ गते स्थापना भएको सहकारीमा बचत संकलन ७ करोड ८४ लाख ३३ हजार ७६ रुपैयाँ र सेयर पूजी १ करोड ८४ लाख ७ हजार रुपैया रहेको छ भने असार मसान्तसम्म १ हजार ३४ जना सेयर सदस्य संस्थामा आवद्ध रहेका छन् ।

    कार्यक्रममा रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष विष्णप्रसाद वस्ती, राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख तथा सहकारीका सस्थापक अध्यक्ष नारायण बेल्बासे, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विशाल बेल्वासे, एम्स कलेज बुटवलका क्याम्पस प्रमुख दीपक ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रम सहकारीका उपाध्यक्ष पदमप्रसाद न्यौपानेको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सचिव राजेश खत्रीले गरेका थिए ।

    सहकारीले असल बचतकर्ता, असल ऋणि, अधिक सेयर सदस्य वृद्धिगर्ने सदस्य, पूर्व कर्मचारीलगायतलाई सम्मान गरेको थियो । त्यस्तैगरी सहकारीले युनिर्भसिटी टपर सेयर सदस्यका छोरालाई समेत सम्मान गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology