Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रुभिङ–डेमोस्ट्रेसन उडान सफलतापूर्वक सम्पन्न

रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रुभिङ–डेमोस्ट्रेसन उडान सफलतापूर्वक सम्पन्न

  • 2.2K
    SHARES

  • रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रुभिङ–डेमोस्ट्रेसन उडान सफलतापूर्वक सम्पन्न

    गुल्मी,पुस २४ ।

    गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ ।

    आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको हो ।

    यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरले रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा  प्रमाणीकरण (प्रुभिङ) उडान सम्पन गरेको हो । tara air gulmi opening.jpg

    साे जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी,याेगराज कडेँलसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहका थिए । 

    उडानबाट आएका सबैलाई रेसुङा नगरपालिकाका मेयर लगायतका पदाधिकारीहरुले फुलको मालासहित स्वागत गरेका थिए ।   तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेछ । नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछ । तारा एयरले सुरुमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको छ।chandra.jpg

    उक्त जहाजमा तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जिव श्रेष्ठले उडान भरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology