Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान,काठमाडौँबाट भर्खरै उड्यो बिमान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान,काठमाडौँबाट भर्खरै उड्यो बिमान

  • 2.0K
    SHARES

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान,काठमाडौँबाट भर्खरै उड्यो बिमान

    गुल्मी,पुस २४ ।

    गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गरेको हो । 

    कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो ।

    tara air.jpg

    २०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया  अगाडि बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

     आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । 

    काठमाडौँबाट जहाज भर्खरै उडेको कांग्रेस नेता योगराज कडेंलले नागरिक अनलाइनलाइ बताउनुभयो । डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ ।Resunga-airport.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology