Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरपालिकाको नगरसभा भाेलि हुँदै

बुटवल उपमहानगरपालिकाको नगरसभा भाेलि हुँदै

  • 1.4K
    SHARES

  • बुटवल उपमहानगरपालिकाको नगरसभा भाेलि हुँदै

    बुटवल,पुस २० ।

    बुटवल उपमहानगरपालिकाको नगरसभा बिहीबार हुने भएको छ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले भोलि बिहीबार नगर सभाको १२औं अधिवेशन बाेलाउने निर्णय गरेको हो ।

    कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२औं अधिवेशनको बैठक यही पुस २१ गते बिहीबार दिउसो ३ बजे नगर कार्यपालिकाको सभाहलमा शुरु हुनेछ । 
    बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदानका लागि प्रस्ताव पठाउने निर्णय गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार समपूरक अनुदानतर्फ ५२ वटा स्थानमा हाइ मास्ट लाईटका लागि ९ करोड, शहरी सडकको स्तरोन्नतिका लागि १६ करोड रुपैयाँका लागि प्रस्ताव पठाउने निर्णय भएको छ । यस्तै विशेष अनुदानतर्फ बुटवल उपमहानगरपालिकाले विद्यालयहरुको भवन निर्माण, छात्रबास निर्माणका लागि प्रस्ताव पठाएको प्रवक्ता रानाले बताउनुभयो ।

    जसअनुसार सरस्वती आधारभूत विद्यालय बुटवल ११, सूर्योदय आधारभूत विद्यालय बुटवल ११, प्रगति माध्यमिक विद्यालय बुटवल ११, सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७, नवीन औद्योगिक माध्यमिक विद्यालय बुटवल ११ र नहरपूर माध्यमिक विद्यालय बुटवल ११ रहेका छन् ।

    यी विद्यालयका भवन निर्माण, छात्रबास निर्माण र पर्खाल निर्माणका लागि १ करोडदेखि २ करोडसम्मको प्रस्ताव पठाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । 
    यस्तै ज्योतिनगर पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरी पठाउने निर्णय बैठकले गरेको छ । यस्तैगरी बैठकले श्रम बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ टेबुल गरेको छ । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology