Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाको गणेशनगरमा स्वास्थ्य शिविर,४ वटा लायन्स क्लवले गरे सामाजिक काम

तिलोत्तमाको गणेशनगरमा स्वास्थ्य शिविर,४ वटा लायन्स क्लवले गरे सामाजिक काम

  • 3.7K
    SHARES

  • तिलोत्तमाको गणेशनगरमा स्वास्थ्य शिविर,४ वटा लायन्स क्लवले गरे सामाजिक काम

    बुटवल,पुस २०।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी जोन ११ अन्तर्गत रुपन्देहीका ४ वटा क्लबहरुको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ११ गणेशनगरमा २ दिने निशूल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ तिलोत्तमा,लायन्स क्लब अफ बुटवल तिलोत्तमा,लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र लायन्स क्लब अफ बुटवल संसार को आयोजनामा गणेशनगर स्थित  गणेश आधारभुत विद्यालयमा  पुस १५ र १६ गते सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरबाट करिब ४५० जना भन्दा बढी स्थानियहरु लाभान्वित भएका छन ।

    शिविरमा विशेषज्ञ डाक्टरहरुबाट मुटु, थाइराइड, किड्नी, सुगर परिक्षण गरि परामर्श सेवा दिनुका साथै निशूल्क औषधी वितरण समेत गरिएको जोन ११ का जोन चेयरपर्सन प्रकाश भट्टराइले नागरिक अनलाइनलाई जानकारी दिए । त्यसैगरि महिलाहरुमा देखिने पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण समेत गरिएको थियो ।
    उक्त कार्यक्रममा डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक्ट गभर्नर नवराज न्यौपाने, फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु , तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णु बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी कान्त पौडेल,
    लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष लक्ष्मी थैव प्रधानाङ्ग, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव रेनु प्रसाद पाण्डे, लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष महेश न्यौपाने, शिविरको संयोजकहरु सूर्यलाल श्रेष्ठ, कुशुमदेवी शाक्य, चोकलाल सापकोटा, दिपेश पाण्डे र सुवेन्द्र यादवलगायतले मानवीय सेवा र सामाजिक क्षेत्रमा लायन्स क्लबहरुको भूमिका महत्वुर्ण रहेको बताए ।

    शिविरमा फिजिसियन डा. राजन भण्डारी , फिजिसियन डा कृष्ण चन्द्र गोद्दार , सर्जन डा. सुदिप सापकोटा , डा. दिपेस मालि र परिवार नियोजन संघका ३ जना नर्स बाट चेकअप र फार्मासिस्टहरु बाट निशल्क औषधी बितरण गरिएको थियो ।camp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology