Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलाेत्तमा नगरपालिका : चार दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण

तिलाेत्तमा नगरपालिका : चार दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण

  • 2.0K
    SHARES

  • तिलाेत्तमा नगरपालिका  : चार दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण

    बुटवल, पुस १९  ।

    तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान चलाएको छ ।  पुस १५ देखि १८ सम्म वडा नं। १, २, ३, ४, ५, ६,९ का छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको हो

     नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेवल एग्रिकल्चरको प्राविधिक सहयोगमा चार दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण सम्पन्न गरिएको हो ।

    तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरु डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरुलाई सम्मान गरिएको छ ।

    कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरुलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए । सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जरुरी रहने उनले बताए ।

    ‘स्थानीय पालिकाहरु मिलेर साझा मुद्दामा एकतावद्ध भई काम गर्नुपर्छ’–उनले भने । छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर ब्यवस्थापन, वावतारण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । ‘एउटा पालिकाले मात्र अभियान चलाएर सफल हुदैन’– उनले भने ।

    sam.jpgबजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोगहरु लाग्ने समस्या बढेको बेला चलाईएको कार्य निक्कै उपलब्धिमूलक भएको बताए ।

    विद्यार्थी भविष्यका कर्णधार नभई वर्तमानको साझेदार भएको उनले दाबी गरे ।  घुम्ति शिविर, माटो, बालीको जाँच जस्ता कृषिको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उनले बताए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताए । रेबिज जस्तो डरलाग्दो रोग सर्ने सम्भावना रहेको बेला किताबी ज्ञान लिएका विद्यार्थीहरु ब्यावहारिक रुपमा बन्ध्याकरण गरेर नयाँ स्वरुपको अभियान थालिएको उनले बताईन् । 

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमुना काम भएको बताए । पहिलो चरणमा ८० वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । कृषि कार्यहरुमा समेत सहकार्य गर्न तयार रहेको उनले बताए । सिक्दै काम गर्ने रुपमा अघि यो नमुना काम भएको उनले बताए ।

    कार्यक्रममा क्याम्पस प्रमुख डा. रामभजन मण्डलले कृषि, वातावरणको विषयमा धेरै कामहरु गर्न सकिने सम्भावना रहेको बताए ।

    क्याम्पसमा अध्ययरत २१ जना विद्यार्थीहरुबाट वाईसिएसए स्थापना गरेर सिक्दै पढ्दे कार्य अघि बढाएको उनले बताए । कलेजमा कृषि, पशु र वातावरणको विषय अध्यापन हुने र कलेजका जनशक्तिहरुबाट स्थानीय पालिकाहरुमा कार्यक्रम गर्न सकिने उनले बताए ।

    कलेजले भेटेनरी अस्पताल स्थापना गर्ने योजना बनाएको भएपनि बजेट अभावका कारण रोकिएको उनले दुःखेसो गरे । त्रिभुवन विश्वविद्यालयबाट भेटेनरी अध्यापन गराउने देशकै नमूना कलेज भएको भन्दै यसलाई संरक्षण गर्दै अघि बढ्न स्थानीय सरकार लाग्नुपर्ने उनले सुझाव दिए ।kukur.jpg

    कार्यक्रममा पक्लिहवा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको संस्था वाईसिएसएका अध्यक्ष रामभरस यादव, तिलकराम भुसाल, ओसिन थापामगरले माटोको पहिचान, परीक्षण गरी उत्पादन बढाउने विषयमा ध्यान दिनुपर्ने बताए । वातावरण र माटोको सम्बन्ध, संरक्षण र दिगो विकासको बारेमा प्रस्तुति दिएका थिए । 

    छाडा कुकुरको स्थायी बन्ध्याकरण गर्दै तिलोत्तमा नगरपालिका

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology