Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाट पक्राउ

‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाट पक्राउ

  • 2.9K
    SHARES

  • ‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाट पक्राउ

    बुटवल,मंसिर ४ -

    विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलाइ बुटवल प्रहरीले गिरफ्तार गरेको छ ।

    आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रत्रितसिह राठौरले बताए ।

    पक्राउ परेका  व्यक्तिहरुसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको उनले बताए ।

    पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology