Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु

    बुटवल,पुस १८ ।

    लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु भएको छ । दाङ देउखुरीमा अहिले पहिलो बैठक बसिरहेको छ ।  निर्वाचित सदस्यहरुले आइतबार मात्रै शपथ ग्रहण गरेका थिए ।

    बैठकको अध्यक्षता जेष्ठ सदस्यका रुपमा गुल्मीको निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित ६९ वर्षिय डिल्लीराज भुसालले गरेका छन्  ।

    अहिले प्रदेश प्रमुख अमिक शेरचनले ५ बर्षमा प्रदेश सरकारले गरेका कामसहित लिखित मन्तब्य राखिरहेका छन् ।
    प्रदेशसभाले सभामुख र उपसभामुख चयन नगर्दासम्म भुसालले नै जेष्ठ सदस्यको रुपमा सभाको अध्यक्षता गर्ने प्रदेश सभाले जनाएको छ ।

    निर्वाचित प्रदेशसभा सदस्यलाई सबै दलका नेता एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले नागरिक अनलाइनलाई बताए ।

    लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् ।

    sava a.png

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology