Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

    बुटवल,पुस १८ ।

    लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३(१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् ।

    कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।

    लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । कांग्रेस दाेस्राे दल हाे । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा २९ सांसदसहित एमाले पहिलो दल हो । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology