Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन भोलि,आज प्रदर्शनी आइडलको फाइनल

राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन भोलि,आज प्रदर्शनी आइडलको फाइनल

  • 1.6K
    SHARES

  • राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन भोलि,आज प्रदर्शनी आइडलको फाइनल

    बुटवल,पुस १८ ।

    बुटवलमा संचालित १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को समापन भोलि पुष १९ गते मंगलबार हुदैछ ।

    रुपन्देही उद्योग संघ, लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा भएको प्रदर्शनीको समय थप नगरिने रुपन्देही उद्योग संघले आइतवार एक अपिल जारी गर्दै निर्धारित समयमा नै समापन गरिने निर्णय भएको जनाएको हो । अपिलमा भनिएको छ–बजारमा प्रदर्शनीको समयावधि थप गर्ने निर्णय भएको भन्ने हल्ला गलत भएको र समय थपिने भ्रममा नपर्न आम उपभोक्ता तथा अवलोन कर्ताहरुलाई आग्रह गरिन्छ ।

    प्रदर्शनीको मंगलबार दिउँसो १ः१५ बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम तय भएको छ । अपिलमा प्रदर्शनी सकिन २ दिनमात्र बाँकी रहेको जनाउँदै संघले प्रदर्शनीको अवलोकन गर्न आग्रह पनि परेको छ । संघले प्रदर्शनीको समापनको कार्यक्रमका लागि निमन्त्रणा पठाउने देखि अन्य तयारीहरु अगाडि बढाएको सदस्य सचिव हरि बहादुर खत्रीले बताउनु भयो । 

    बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा आज आइतवार पनि दर्शकहरुको उपस्थित उल्लेख्य रहेको थियो । प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आएका अवलोकन कर्ताहरुले आज सामान खरिदमा बढी व्यस्त रहेका थिए । हिजो शनिवार दर्शकहरुको भिडले भरिएको बुटवल मण्डपमा कारोबार हुन अप्ठ्यारो भएको दर्शकहरुको भनाई थियो ।
    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आयोजित प्रदर्शनी समापन हुने निश्चित भएपछि त्यसको तयारी गरिएको छ । 


    सांस्कृतिक कार्यक्रममा भजन प्रतियोगिता सम्पन्न :

    प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेको छ । शनिवारबाट सुरु भएको भजन प्रतियोगिता सम्पन्न भएको छ ।

    ८ समुहले प्रतिष्पर्धा गरेको भजन प्रतियोगितामा राष्ट्रिय लोक भजन, चुड्का संरक्षण प्रतिष्ठान सालझण्डी प्रथम,  राष्ट्रिय लोक भजन, चुड्का संरक्षण प्रतिष्ठान दाङ द्वितीय, परोपकार भजन समूह नयाँगाउँ र राष्ट्रिय लोक भजन, चुड्का संरक्षण प्रतिष्ठान पाल्पा तृतीय भएका छन् ।

    यता प्रदर्शनी आइडल–२०७९ प्रतियोगिताको आज सोमवार फाइनल भिडन्त हुने भएको छ । प्रतियोगिता अन्तरगत आइतवार अन्तिम टप ४ गायक मध्येबाट निहारिका ढुङ्गाना प्रतियोगिताबाट बाहिरिएकी छन् । प्रतियोगिताको फाइनलमा रुपा रौतार, अन्जली विश्वकर्मा र एञ्जीला क्षेत्री खत्री पुगेका छन् ।

    उनीहरुको फाइनल प्रस्तुतीपछि विजेता घोषणा गरिने छ । आइडलको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगदा सहित विभिन्न गिफ्ट ह्यम्परु पाउने छ भने दोस्रो हुनेले ७५ हजार ५ सय ५५ रुपैया पाउने छन् । तेस्रो हुनेले ५५ हजार ५ सय ५५ पाउने जनाइएको छ । आइडलको प्रायोजन एभरेष्ट होटल इन प्रा.ली, बुटवलले गरेको छ ।  

    स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत आइतवार ¥यापर बाबु  बिलिभर, ¥यापर ओफिम, गायिका हरिमाया रायमाझी, आधुनिक गायक रामहरि प्रेमी, लोक तथा दोहोरी गायक भरत क्षेत्री, नारायण बि.पि.,गायक तथा उद्घोषक दिपु मगर, डान्सर बबिता बोहोरा, प्रस्तुति रहेको थियो ।

    सोमवार आधुनिक गायक रामचन्द्र काफ्ले, लोकदोहोरी गायक पुस्कल शर्मा, लोकदोहोरी गायीका जुनु रिजाल, लोकदेहोरी गायक प्रचण्ड जिसी, लोकदोहोरी गायक दिपक गरौजा, लोकदोहोरी गायीका अमृता नेपाली, लोक दोहोरी गायीका सितल शर्मा, लोक दोहोरी गायक धनबहादुर गुरुङ लगायतको प्रस्तुति रहने छ । 

    यसैगरि सोमबार बुटवल मण्डपमा वर्तमान अर्थतन्त्रः सम्भावन र चुनौति विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ प्रमुख वक्ताका रुप आउने गोष्ठि उपसमितिका संयोजक राजु घिमिरेले बताउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology