बुटवल,पुस १८ ।
नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन ।
दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई नेता चयन गरेको हो ।
यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतको भनाइ छ । संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए ।
अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)