Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

  • 1.9K
    SHARES

  • ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

    बुटवल,पुस १७ ।

    बुटवल ९ मा प्रधान कार्यालय रहेको ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री, बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुनाखर खनाल, सल्लाहकार दिनेश फुल्लेल, कार्यक्रम सम्योजक तथा उपाध्यक्ष ठानेश्वर बश्याल, सचिब खगेश्वर भण्डारी, सेयर सदस्य लुकराज न्यौपानेलगायतले सहकारी क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

    संस्था सन्चालनको ७ महिनाको अबधिमा नै ५७४ जना सदस्य तथा ३ करोड भन्दा बढी पुजी रहेको ब्यबस्थापक लक्ष्मण रेग्मीले बताए । कार्यक्रममा सहकारी क्षेत्रका अगुवाहरुले ग्लोबल सहकारी स्थापनाको छोटो समयमै उल्लेखनिय प्रगती गरेको भन्दै थप सफलताको शुभकामना दिएका थिए ।

    gobal saha.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology