Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सभाका सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश सभाका सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेश सभाका सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

    दाङ, पुस १७ ।

    लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

    आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो। यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो। 

    प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ।  

    लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नुहुने भएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता गर्नुहुनेछ। 

    प्रदेश प्रमुखले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गर्नुभएको छ। भुसाल नेकपा एमालेबाट गुल्मी २ ९क० बाट निर्वाचित हुनुभएको हो। 

    प्रदेशसभाको पहिलो बैठक सोमबार ९भोलि० दिउँसो १ बजे बस्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology