बुटवल,पुस १७ ।
एम्स कलेज बुटवलकोआयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रम मा ८३ युनिट रगत संकलन भएको छ ।अंग्रेजी नयाँ वर्ष एवं टोपी दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । कलेजले हरेक नयाँ बर्षका दिन रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
विद्यार्थिहरुलाई सामाजिक उत्तरदायित्व र राष्ट्रियताको भाव सिर्जना गर्न शीरमा टोपिलगाइ रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजका प्रमुख दीपक ढकालले जानकारी दिनुभयो ।
रक्तदान गर्नेहरुमा पहिलो पल्ट दिने युवा र महिला विद्यार्थिहरु धेरै रहेको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी गराउनुभयो ।सो अबसरमा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहानले युवा विद्यार्थिहरुलाई रक्तदान गर्न अपील गर्नुभयो ।
सो अबसरमा विशिष्ट अतिथि बुटवल महानगरपालिका वडा नं. ९का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, एम्स कलेजका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, जागरण टोल विकास समितिका अध्यक्ष भोज बहादुर पाण्डे, नेपाल फार्मेसी संघ, केन्द्रीय उपाध्यक्ष किरण ढकाल, लुम्बिनि प्रदेश महासचिव सुभेद्र प्रसाद यादव, आल्मोनिका उपाध्यक्ष राजिव खनाल, क्यासका पूर्व अध्यक्ष राम प्रसाद पाण्डे, क्यास अध्यक्ष लक्षिता खनाल लगायतले रक्तदानले मानिसको जीवनमा सकारात्मक उर्जा भर्ने धारणा राख्नुभयो ।कलेजका क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता, क्यासका उपाध्यक्ष दिपेश भुसाालको स्वागत तथा प्राध्यापक सुरज शाक्यको संयोजनमा कार्यक्रम भएको हो ।
कलेजले विगत दश वर्ष देखि यस क्षेत्रमा अधिकतम रगत संकलन गरि सम्मानित हुदै आएको छ । कार्यक्रममा एम्स स्कुल, आल्मुनाइ अफ एम्स स्टृडेन्ट्स काउन्सील अफ एम्स स्टुडेन्स, नागरिक अनलाइन डट कमको सहकार्य रहेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)