Logo बिहिवार, आश्विन १ गते २०८३
images

गाइवस्तु तस्करीका नाइकेलाइ प्रहरी प्रशासनले उम्काउन खाेज्याे,तर म छाेड्दिन : गोब्रती योगी सोमराज

गाइवस्तु तस्करीका नाइकेलाइ प्रहरी प्रशासनले उम्काउन खाेज्याे,तर म छाेड्दिन : गोब्रती योगी सोमराज

  • 5.0K
    SHARES

  • गाइवस्तु तस्करीका नाइकेलाइ प्रहरी प्रशासनले उम्काउन खाेज्याे,तर म छाेड्दिन : गोब्रती योगी सोमराज

    बुटवल,मंसिर ३-

    गाइतिहारको मध्यराती नवलपरासीको भुमहिबाट नियन्त्रणमा लिइएका २९ गाइगोरु रुपन्देहीको देवदह कामधेनु गौशालामा ल्याइएको छ । आज गौशालामा पत्रकार सम्मेलन गर्दे  प्रहरी प्रशासनले यसका दोेषिलाइ उम्काउन कसरत गरिरेहेको गोब्रती योगी सोमराजले आरोप लगाए । 

    ती गाइगोरु नेपाल हुदै बंगालादेश लैजान तस्करहरुले लाइन क्लीयर गरेका थिए ।एक ट्रक गाई रुपन्देहीका सेमरा क्षेत्र (धकधही) बाट भेष बदेलेर उनैले नवलपरासीको भूमहिमा प्रहरी लगाएर नियन्त्रण गरि उद्धर गरेका थिए । रुपन्देहीबाट उठाइएका ती गाइबस्तुहरु झापा हुदै बगालादेश पुयाउनको लागि लु २ ख ६०४ नम्बरको  ट्रकमा लगिएका थियो ।

    अहिले सो ट्रक र  चालक र सह चालक नियन्त्रणा लिएको छ । भने दुई जना फरार रहेका छन् ।   नियन्त्रणमा लिएका  ९ बटा गोरु २० वटा गाई  र चालक नवलपरासीको परासीका  महिन उद्धिन अलि  र सहचालक सोही ठाउँका राजु यादव अहिले रुपन्देहीको कामधेनु गौशालामा रहेका छन् ।cow taskari.jpg

    योगी सोमराजले पटक  पटक तस्करी गरेर ल्याएर गाईहरुलाई रोक्ने र प्रशासनलाई बुझाउने कार्य गर्दे आएका छन् । उनले अहिले नियन्त्रणमा लिएका गाईहरुको तस्करलाई कारवाहीको दायरामा ल्याउनुर्ने बताए । 

    ट्रकको विलवुक चालकसगँ नभएपनि  परासीकी अनदेवी गुप्ताको नामम रहेको चालक महिन उद्धिन अलिले बताए ।  होमदेवि सप्यार्यस वेलवारी मोरङ्गले नाममा रहेको  फोटोकपि कागजमा २३ वटा गोरु र ९ वटा गाई उल्लेख छ। जसको मुल्य ११ लाख ५० हजार  भनेर लेखीएको छ ।

    तर उल्लेख गरिएको  ट्रकमा ९ वटा गोरु र २० वटा गाई भेटिएका छन् । विश्व हिन्दु महासंघ नेपालमा केन्द्रीय सदस्य पुनाराम पोखरेल र सिद्धबाबा धाम बिकास समिचितका अध्यक्ष लक्ष्मण पोखरेलले यसरी तस्करी हुने बिषयमा स्थानीय,प्रदेश र संघीय सरकारलाई पनि थाहा भएपनि रोक्न लागि हालसम्म खासै चासो नदेखाएका बताए । 

    taskari gai.jpg

     

    तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइ-गोरु नियन्त्रणमा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology