Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसले रणनीतिगत कमजोरीलाई करेक्सन गर्नुपर्छ : बालकृष्ण खाँण (भिडियो)

कांग्रेसले रणनीतिगत कमजोरीलाई करेक्सन गर्नुपर्छ : बालकृष्ण खाँण (भिडियो)

  • 1.7K
    SHARES

  • कांग्रेसले रणनीतिगत कमजोरीलाई करेक्सन गर्नुपर्छ : बालकृष्ण खाँण (भिडियो)

    बुटवल,पुस १६ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गर्नुभएको छ ।

    कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावले आफुहरुलाइ प्रतिकुलतामा पुराएको दाबी गर्नुभयो । 
    वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको छैठौँ साधारणसभा तथा चौथो अधिवेशा एवं ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खाँणले पार्टीलाइ एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा कसरी रुपानन्तरण गर्ने दायित्व रहेको धारणा राख्नुभयो ।

    ‘सरकारमा नहुदैमा आत्तिनु हुदैन,करेक्सन गर्नुपर्छ,नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँनीर चुक्यौँ समीक्षा गर्न भने जरुरी छ ।’ उहाँको भनाइ छ ।नेपाली कांग्रेस राजनीतिक पार्टीको रुपमा मात्रै नभइ नेपालको एउटा लोकतान्त्रीक शक्तिको रुपमा यसको भूमिका रहेको उहाँको धारणा छ ।

    उहाँले भन्नुभयो –‘कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार , र स्थानीय सरकार संचालन गर्न कोशिष भने गर्ने, र सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्छ नी ,सरकार, पार्टी दलहरुको स्वभाविक प्रकृया हुन् अहिले  असहज र अन्यथा लिनु हुदैन। ’

    bp koirla  (1).jpg

    कांग्रेस मूलभूत सिद्धान्त,नीति ,रणनीति ,दृष्टिकोणका साथमा सरकार संचालन गर्ने रणनीतिमा लागि नैै रहने उहाँको दाबी छ ।
    मुलुकलाइ निकास दिएर,संविधान बचााउन,राष्«िटयतालाइ समद्र्धन गर्दै,लोकतान्त्रिक मुल्य पद्दतीलाइ झन् बलियोे बनाउदै जनताको हक अधिकारलाइ अगाडि बढाउन कांग्रेसले अरु दलसंग हातेमालो गरेको उहाँले स्मरण गर्नुभयो ।

    कांग्रेस कमजोर हुदा,लोकतन्त्रीक पद्धती नै कमजोर हुने भन्नै उहाँले लोकतन्त्र नै कमजोर बन्दा सिद्धान्त पनि कमजोर बन्ने धारणा राख्नुभयो । अब शक्ति संचय,शक्ति सन्तुलन गर्ने लोकतान्त्रीक मुल्य पद्धतीको अबलम्बन गर्ने उहाँको भनाइ छ ।

    सो अवसरमा नेता खाँणले वीपि बाटीकामा बनाइएको वीपीकोइरालाको अर्धकदको शालिम समेत अनावरण गर्नुभयो । 
    सहमति ,सहकार्य र एकताका लागि आफु सधैभर उभिएको भन्दै उहाँले आफ्नो निर्बाचन क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिको पनि चलखेल रहेर चुनाव हराइएको टिप्पणी गर्नुभयो ।

    वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाइ अनुसन्धान केन्द्र बनाइनृे बताउनुभयो ।सो अबसरमा कांग्रेस नेताहरु रामकृष्ण खाँण,खेलराज पाण्डेय,फर्सुराम ढकाल,रामप्रसाद खनाल, बिमलराज भट्टराइ,बालकुमारी भण्डारी, खिमानन्द भट्टराइ लगायतले बोल्दै वीपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।bp koirala (2).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology