Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामि लोकानन्दको जन्मोत्सवमा बिबिध कार्यक्रम

मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामि लोकानन्दको जन्मोत्सवमा बिबिध कार्यक्रम

  • 1.6K
    SHARES

  • मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामि लोकानन्दको जन्मोत्सवमा बिबिध कार्यक्रम

    बुटवल,पुस १६ । 

    स्वामिनारायण मुक्तिनाथधाम बुटवल १२ का प्रमुख संरक्षक स्वामि लोकानन्दको जन्मोत्सवमा बिबिध कार्यक्रम गरिएको छ । स्वामिनारायण मुक्तिनाथधाम पत्रकारिता पुरस्कार पत्रकार भुवन रायमाझीलाइ प्रदान गरिएको छ ।

    सो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । रायमाझीलाइ  दोसल्ला,प्रशंसापत्र,र नगदसहित सम्मान गरिएको छ ।बुटवलको नयाँगाउमा रहेको स्वामिनारायण मुक्तिनाथधामले प्रत्येक बर्ष यो पुरस्कारबाट एकजना पत्रकारलाई प्रदान गर्दै आईरहेको छ ।

    सो अवसरमा प्रदेश संसाद भोजप्रसाद श्रेष्ठ,लिला गिरि, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,उपप्रमुख साबित्रादेबी आचार्य,धामका अध्यक्ष धर्मराज शर्मा,वडाध्यक्ष  डिल्लीराम शर्मा आचार्य ,तुल्सी भण्डारी लगायतले बोल्दै स्वामि लोकानन्दको दीर्घ जीवनको कामना गरेका थिए ।

    सो अबसरमा दर्शनार्थी तथा सेवकहरुको बाक्लो उपस्थिती रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology