बुटवल,पुस १५ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवलमा आधारभुत तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कम्पनीका एजेन्सी हेड तथा बजार प्रमुख नवीन थापाले कम्पनीको पोलिसी सम्बन्धि जानकारी दिनुका साथै सम्पुर्ण एजेन्टहरूलाई थप सक्रियताका साथ अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी तथा गण्डकी प्रदेशका प्रमुख शिव प्रसाद पौडेलले सहभागी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई थप सक्रियताका साथ अगाडि बढ्न हौसला प्रदान गर्नुभएको छ ।
कार्यक्रममा बुटवल शाखाका प्रमुख सुरेश ज्ञवालीले कार्यक्रममा कम्पनीका स्किमबारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा १ सय जना भन्दा अभिकर्ताको उपस्थिति रहेको थियो ।
फर्साटिकर शाखाका प्रमुख प्रेम न्याैपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा भैरहवा शाखाका प्रमुख सन्तोष अर्याल,नवलपरासी शाखाका प्रमुख शिव नाथ गुप्ता तथा रामापुर शाखा प्रमुख साबित्रा घिमिरेको पनि उपस्थिति रहेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)