Logo बिहिवार, आश्विन १ गते २०८३
images

युएईमा गोर्खाकप भलिवल प्रतियोगिता हुँदैे 

युएईमा गोर्खाकप भलिवल प्रतियोगिता हुँदैे 

  • 5.0K
    SHARES

  • युएईमा गोर्खाकप भलिवल प्रतियोगिता हुँदैे 

    २७ डिसेम्बर,युएई । 

    अंग्रेजी नया बर्ष २०२३ को अबसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबइमा नेपालीहरूबिच  खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । 

    स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने उद्देश्य सहित दुबइ स्थित गोर्खा डकुमेन्ट सर्भिसको आयोजनामा पहिलो गोर्खाकप -भलिबल प्रतियोगिता हुन लागेको हो । 

    बिदेशमा पनि भलिबल खेलमा रूचि राख्ने खेलाडि र खेलको प्रबर्द्धनका निम्ति कार्यक्रम आयोजना गरिएको गोर्खा डकुमेन्ट सर्भिसका संचालक भिम मल्लले बताउनुभयो । 

    युएईका विभिन्न क्षेत्रमा रहेका नेपाली युवाहरूले टिम बनाइ प्रतियोगितामा सहभागी हुन पाउने खेल संयोजक लोकेशले जानकारी गराउनुभयो ।

    उहाका अनुसार प्रतियोगितामा १८ टिम सम्म सहभागी हुने र  प्रथम  पुरस्कार   ३,३३३ दिराम ९१ लाख बढि नेपाली रूपैया नगद मेडल ,प्रमाण पत्र प्राप्त गर्ने छ भने, क्रमश  दित्तिय हुने टिमले नगद २,२२२ दिराम, तृर्तिय हुनेले १,१११ दिराम , कप मेडल प्राप्त गर्नेछ ।  त्यस्तैे बेस्ट लिब्रो,बेस्ट स्पाइकर, बेस्ट ब्लकर,बेस्ट सेटर, बेस्ट प्लेयरलाइ समत नगद, मेडल, प्रमाण पत्र प्रदान गरिने छ। 

    खेल अंग्रेजी नयाबर्ष जनवरी १ मा बिहान ९ बजेदेखि दूबइ अल्कुज बलेदिया खेल मैदान हुने बताईएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology