Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभाको पहिलाे अधिवेशन २५ पुसमा आह्वान

प्रतिनिधिसभाको पहिलाे अधिवेशन २५ पुसमा आह्वान

  • 1.6K
    SHARES

  • प्रतिनिधिसभाको पहिलाे अधिवेशन २५ पुसमा आह्वान

    काठमाडौं,पुस १२ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी  छन् । बैठक २५ पुसको दिउँसो १ बजे बस्ने छ । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’ 

    सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका थिए । संसद आह्वान भएसँगै प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology