बुटवल,मंसिर ३-
बुटवलका ६ जना जुवाडेलाइ रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवा स्थीत होटल होण्डामा जुवा खेली रहेका ६ जना नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।
नियन्त्रणमा लिईएकाहरुको साथबाट ६ लाख रुपैया नगद समेत बरामद गरीएको प्रहरीले जनाएकाे छ । नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहिको लागी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घोराहीवाट साढे दूई लाख बढी रकमसहित ७ जुवाडे पक्राउ :
घोराहीवाट प्रहरीले साढे दूई लाख बढी रकमसहित ७ जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घर धनि घोराही उपमहागनरपालिका वडा नं. १६ मुनाटोलका ४४ बर्षीय गोपाल भनिने पूर्णराज भण्डारी, ४० बर्षी शिवराज भनिने प्रेमराज भण्डारी, २८ बर्षीय बिबेक भण्डारी, ३६ बर्षीय तेजप्रशाद गिरी, ३८ बर्षीय डम्मर डिसी, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल रहेका छन् ।
उनीहरुको साथवाट नगद दूई लाख ६८ हजार तीन सय १५ रुपैंया, खोलेको ६ गड्डी तास बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । भण्डारीको घरमा जुवा भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा मंगलवार विहान तीन बजे प्रहरीले छापा हानेको प्रबक्ता खड्काले बताए ।
पक्राउ परेकाहरु विरुद्ध जेवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)