Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यु होराईजनको २९ औँ प्रदेशस्तरिय हाजिरीजवाफमा ६ विद्यालय फाइनलमा प्रवेश

न्यु होराईजनको २९ औँ प्रदेशस्तरिय हाजिरीजवाफमा ६ विद्यालय फाइनलमा प्रवेश

  • 1.5K
    SHARES

  • न्यु होराईजनको २९ औँ प्रदेशस्तरिय हाजिरीजवाफमा ६ विद्यालय फाइनलमा प्रवेश

    बुटवल,पुस १२ ।

    न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ प्रतियोगितामा बुटवल, पाल्पा र दाङको लमहीमा भएको छनोट चरणबाट ६ वटा विद्यालय फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

    तीनवटा केन्द्रमा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक गणेश भण्डारीले नागरिक अनलाइनलाइ बताए । बुटवल केन्द्रमा ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा प्रथम भएको देवदह बुद्ध पब्लिक मा. वि र दोस्रो भएको एभरेष्ट बोर्डिङ हाई स्कुल स्कुल बुटवल फाइनलमा प्रवेश गरेका छन् । कालिका मानवज्ञान मा. वि. तेस्रो भएर प्रतियोगिताबाट बाहिरिएको छ ।

    पाल्पा केन्द्रमा २३ बिद्यालयले प्रतिस्पर्धा गरेकामा ज्ञव मा बि बलेटक्सार प्रथम र सिद्धबाबा मा बि रेसुङ्गा दोश्रो हुंदै फाइनलमा पुगेका छन् । दाङको लमहीमा भएको छनोटमा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय हुंदै फाइनलमा प्रवेश पाएका छन् । जनज्योति विद्या मन्दिर घोराही तेस्रो हुंदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    सबै केन्द्रमा भएको प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ६ हजार,४५ सय र ३ हजारका दरले नगद पुरस्कार पाएका छन् ।बुटवल केन्द्रको छनोट प्रतियोगिता रुपन्देहीका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै न्यु होराइजनले आयोजना गरेको प्रदेशस्तरीय हाजिरीजवाफले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा योगदान पुग्ने र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ हुने बताए ।

    शिक्षक कमलापति अर्याल संयोजक रहेको कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय, लगायतले बोल्दै यो प्रतियोगिताले विद्यार्थीमा पढ्ने बानीको विकास गराउने धारणा राखे ।

    विद्यालयका शिक्षक विष्णुप्रसाद बस्याल संयोजक रहेको पाल्पाको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक प्रसाद खनाल र बिद्यालयका संस्थापक उपप्राचार्य बालकृष्ण भन्डारीले संयुक्त्त रुपमा पुरस्कार प्रमाणपत्र बितरण गरेका थिए ।

    शिक्षक प्रकाश खनालको संयोजकत्व र शिक्षक प्रकाश गौतमको सहजीकरणमा भएको लमहीको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी,उपप्राचार्य राजीव श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
    तीन वटा केन्द्रबाट छनोट भएका ६ वटा विद्यालयलाई पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने छ । फाइनलमा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,२० र १५ हजार रुपैयांका दरले नगद पुरस्कार,शिल्ड र प्रमाणपत्र पाउने छन् । २०४६ सालमा स्थापना भई देशकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाएको न्यु होराइजनले २०४८ सालदेखि जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता शुरु गरेको थियो ।palpa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology