Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आठ सदस्यीय मन्त्रिपरिषद् गठन,प्रधानमन्त्री ‘प्रचण्ड’ सहित मन्त्रीहरूले लिए शपथ

आठ सदस्यीय मन्त्रिपरिषद् गठन,प्रधानमन्त्री ‘प्रचण्ड’ सहित मन्त्रीहरूले लिए शपथ

  • 1.6K
    SHARES

  • आठ सदस्यीय मन्त्रिपरिषद् गठन,प्रधानमन्त्री ‘प्रचण्ड’ सहित मन्त्रीहरूले लिए शपथ

    काठमाडौं,पुस ११ ।

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

    मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

    ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् ।safat.jpg उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् । 

    बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।mantri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology