Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए !

सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए !

  • 1.3K
    SHARES

  • सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिए !

    काठमाडौं,पुस १०।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएका छन् ।

    राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा आज सकिने भएको हुँदा दलहरु सहमतिको प्रयासमा जुटेका छन् । बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका हुन् । 

    गठबन्धनको बैठकबाट दाहाल बाहिरिए पनि अरु नेताहरुको छलफल भने जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    शक्ति बाँडफाँडको विषयमा सत्तारुढ दलहरु निर्णायक छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । यो बैठकले यसबारे सहमति जुटाउने नेताहरुले बताएका छन् ।

    राष्ट्रपति भण्डारीले बहुमतसहितको सरकारको नेतृत्वमा दाबी गर्न दिएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदै छ ।गठबन्धनका कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि को पहिले प्रधानमन्त्री हुने भन्नेमा दुवै दल निर्णयमा पुग्न सकेका छैनन् ।

    यसका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विकल्पमा पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष १० २०७९०८:३५:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology