काठमाडौं,पुस १०।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
नेपाली कांग्रेससँग सत्ता गठबन्धनमा सघाइरहेको माओवादी केन्द्र सरकार नेतृत्वका लागि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गरेको हो । माओवादी र एमालेबीच साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अब नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ ।
नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)