बुटवल,पुस ६ ।
न्यु होराईजन मावि बुटवलले २९औँ संस्करणको ‘प्रदेश स्तरिय न्यु होराईजन हाजिरी जवाफ प्रतियोगिता’ गर्दैछ । हाजिरी जवाफ प्रतियोगिताको तयारी पुरा भएको छ ।
यहि पुस ९ गते शनिवार देखि प्रदेशका ३ जिल्लाका विभिन्न ३ स्थानमा आयोजना हुने माध्यमिक तह १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगीताको सबै तयारी पुरा भएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले जानकारी दिए ।
पाल्पा जिल्लाको न्यू होराईजन मावि काजिपौवा पाल्पामा गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाका विद्यालयहरुको सहभागीतामा प्रतियोगीता हुदै छ भने शनिवार नै दाङ्ग जिल्लामा दाङ, प्यूठान, रोल्पा, बार्दि, बाँके जिल्लाका विद्यालयको सहभागीतमा मन्त्र गेष्ट हाउस अर्नवामा प्रतियोगीता हुने छ ।
यस्तै बुटवल केन्द्र अन्र्नगत रुपन्देही, नवलपरासी, कपिलवस्तु सहितका जिल्लाहरुको सहभागीतमा बुटवलमा प्रतियोगीता हुने छ ।यसरी ३ वटा स्थानबाट छनौट भएका २–२ वटा टिमको फाईनल प्रतिस्पर्धा यहि पुस १५ गते कालिकानगरमा रहेको न्यु होराईजन माविमा प्रतियोगीता हुने प्रधानाध्यापक उपाध्यायले जानकारी दिए ।
यसरी केन्द्रमा प्रथम, द्धितिय र तृतिय हुने सहभागी विद्यालय प्रथमले ६ हजार, द्धितियले ४ हजार ५ सय , तृतियले ३ हजार नगद पुरस्कार समेत पाउने छन् । पुस १५ गते हुने फाईनल प्रतिस्पार्धामा केन्द्रबाट सहभागी प्रथम र द्धितिय ६ वटा टिमको विचमा बुटवलमा प्रतिष्पार्धा हुने छ । जसबाट प्रथमले ३० हजार, द्धितियले २० हजार र तृतिय टिमले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने विद्यालयले जनाएको छ ।
प्रतियोगीतामा प्रदेशभरीबाट करिव १ सय ५० भन्दा बढि विद्यालयहरुको सहभागीता हुने प्रतियोगीता संयोजक गणेश भण्डारीले जानकारी दिए । न्यु होराईजन मावि बुटवलका उप प्रधानाध्यापक बासुदेव अर्यालका अनुसार विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगीतमा सहभागि १ जना छात्रा सहित विद्यालयका ३ जना विद्यार्थीहरु सहभागी हुने छन् ।
होराईजन माविका कुनै पनि विद्याथी यो प्रतियोगीतामा सहभागी नहुने उप प्रधानाध्यापक बालकृष्ण भण्डारीले जानकारी दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कसजुले होराईजनका विद्यार्थीहरुलाई हरेक कक्षामा क्वीजमा प्रथम हुने लाई विशेष छात्रवृत्ती समेत प्रदान गर्ने गरी कार्यक्रम गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले सहयोगका लागि सधै तयार रहेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)