Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल नगरपालिका संघको अध्यक्षमा ढुंगाना,केन्द्रिय सदस्यमा रामकृष्ण खाँण निर्वाचित

नेपाल नगरपालिका संघको अध्यक्षमा ढुंगाना,केन्द्रिय सदस्यमा रामकृष्ण खाँण निर्वाचित

  • 2.5K
    SHARES

  • नेपाल नगरपालिका संघको अध्यक्षमा ढुंगाना,केन्द्रिय सदस्यमा रामकृष्ण खाँण निर्वाचित

    बुटवल,पुस ६ ।

    नेपाल नगरपालिका संघको अध्यक्षमा भीमप्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगाना धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख हुन् ।

    काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत निवाचित गरेको हो । यस्तै रुपन्देहीको तिलाेत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । 

    संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

    स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology