बुटवल,पुस ६ ।
बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथापर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा आज बुधवार बुटवलमा औद्योगिक जनचेतना र्याली हुँदै छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका भाेलि पुस ७ गते विहिवारबाट मेला शुभारम्भ हुनेछ ।
प्रदर्शनीको पुर्व सन्ध्यामा पुष ६ गते आयोजना गरिने औद्योगिक जनचेतना र्यालीको तयारी पुरा भएको संघले जनाएको छ । र्यालीमा १ सयभन्दा वढि संघ संस्थाहरुको सहभागिता रहने औद्योगिक जनचेतना र्याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताउनु भयो । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनःप्रदर्शनी स्थलमाआएर समापन हुने छ ।
¥यालीमा जातजाती, भेषभुषा, धार्मिक, टोल विकास समिति, उद्योग सहितका संघसंस्थाहरुको सहभागिता रहने र ¥यालीको समापनकाअवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिने संयोजक खनालले बताउनु भयो ।
यताप्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनीका लागिआवश्यक भौतिक निमार्णको काम सकिएर सजावटको काम सुरु भएको छ । प्रर्दशनी स्थल बुटवल मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थलतथा पेभेलियनहरुको निमार्ण सकिएपछि सजावटको काम सुरु भएको हो ।
प्रदर्शनीको पुष७गते सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले दिउसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रर्दशनीको सजावटको काम ६ गते पुरा गरिने छ भने मण्डपको सुरक्षाव्यवस्थामजबुतबनाइएको जनाइएको छ । प्रदर्शनीमूलआयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिकनिर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनीमूलआयोजक समितिका संयोजकमाधव प्रसाद पौडेलले स्टल दर्ता तथावितरण गरिएको र तयारी पूरा भएको जानकारी दिनु भयो ।
‘समृद्ध नेपालनिर्माणको आधार, स्वेदशीउद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल यही पुस ७गतेदेखि बुटवल मण्डपमा प्रदर्शनी सञ्चालनहुँदैछ । ‘विगतकाप्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहनेछ’ पौडेलले भन्नु भयो, ‘यस पटको प्रदर्शनी व्यवस्थापिकय तथा सहभागिताको हिसाबले विशेष महत्वदिएका छौं ।’
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापनागर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूकाबीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रियागर्ने, पर्यटन क्षेत्रको विकासका सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजनागर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलनगर्ने जनाइएको छ ।
प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामकालागि गठन गरिएकाउपसमितिहरुको दैनिकजस्तै बैठकहरु बस्ने, कामको समिक्षागर्ने तथा बाकि कामहरु तदारुकताका साथ सक्ने गरि निर्देशन गरिएको संघका कार्यकारी अधिकृत यादव भण्डारीले बताउनु भयो । प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशीउत्पादन तथा प्रविधिका ४ सय ५० सय स्टल रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाखदर्शकले अवलोकल नगर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथावक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक टयालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)