Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा ‘मानवताका लागि संगीत यात्रा’को तयारी पूरा,नेपथ्य ब्याण्डले धमाका गर्ने

बुटवलमा ‘मानवताका लागि संगीत यात्रा’को तयारी पूरा,नेपथ्य ब्याण्डले धमाका गर्ने

  • 1.9K
    SHARES

  • बुटवलमा ‘मानवताका लागि संगीत यात्रा’को तयारी पूरा,नेपथ्य ब्याण्डले धमाका गर्ने

    बुटवल,पुस ५ ।

    ‘मानवताका लागि संगीत यात्रा’ लिएर नेपथ्य ब्याण्ड संगीत यात्रा लिएर शनिबार साँझ बुटवल आउँदै छ ।

    मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल–१२ रामनगरमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

    चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा साँगितिक कार्यक्रमका लागि आउने भएका हुन् ।

    सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको  र तयारी पुरा भएको प्रचार प्रसार संयोजक कृष्ण पंगेनीले बताउनुभयो ।

    कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित गर्नेछन् । बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।टिकट शुल्क एक हजार राखिएको छ ।

    टिकट खरिदका लागि मोवाइल एप ई–सेवा, खल्ती लगायतबाट अनलाइन बुकिङ गर्न सकिने महासचिब शुसिला केसीले बताउनुभयो । इ–सेवा लगायत मोवाइल एपहरुको भोटिङ तथा इभेन्टमा गएर बुटवलका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

    यसैगरी प्रत्येक्ष रुपमा बुटवलमा रहेको मानव सेवा अश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिने छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट विक्री भइरहेको आयोजकले जनाएको छ ।

    आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको कार्यकम संयोजक लोकनाथ भुसालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology