Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता

  • 3.0K
    SHARES

  • कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता

    काठमाडौं,पुस ५ ।

    नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा मंगलबार दिउँसो उनले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

    कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम निर्वाचित हुने नेपाली कांग्रेस संसदीय दलको नेताको पदमा उम्मेदवार हुनका लागि उम्मेदवारीको दरखास्त साथमा दाखिला हुनुपर्ने शुल्क रु ५१ हजार राखी उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

    थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा छन् ।

    gagan letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology