Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुस १५ देखि बुटवल कालिकापथमा ३ दिने सडक खाना महोत्सव

पुस १५ देखि बुटवल कालिकापथमा ३ दिने सडक खाना महोत्सव

  • 3.6K
    SHARES

  • पुस १५ देखि बुटवल कालिकापथमा ३ दिने सडक खाना महोत्सव

    बुटवल,पुस ४ ।

    बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । पुस १५,१६ र १७ गते  बुटवल नयाँ बसपार्कदेखि तिनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।  

    बुटवलमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे आवश्यक तयारी र प्रकृया शुरु गरिएको आयोजक होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही संघका अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो । 

    हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यबस्थित र  उत्कृष्ट बनाउने योजना समेत तय भएको उहाँले बताउनुभयो ।

    लुम्बिनी प्रदेशमा प्रख्यात रहेका बिभिन्न जातजाती र समुदायका खानाका परिकारहरु समेत रहने महोत्सवमा करिब यहाँ १ सयभन्दा बढी स्टल राखिने उहाँले जानकारी दिनुभयो ।

    खानाका परिकार,संस्कृति,स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालको भनाइ छ ।

    २५ लाख लागतमा महोत्सव हुनेछ । महोत्सवको आन्तरिक तयारी तिब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति  निर्माण गरिएको  होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताउनुभयो ।

    सो अवसरमा बरिष्ट उपाध्यक्ष  बाबुराम गौतम ,प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी ,द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डे लगायतले बोल्दै पर्यटन क्षेत्र र होेटल ब्यसायी एक अर्काका परिपुरक भएको बताएका छन् ।

    तीन दिनको सो महोत्सवमा प्रवेश निशुल्क ब्यबस्था गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology