Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

  • 1.2K
    SHARES

  • सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

    काठमाडौं,पुस ४ ।

    अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

    राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ ।

    ‘इन्धन ट्याङ्कर विस्फोट भयो । म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology