Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

  • 1.4K
    SHARES

  • विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

    बुटवल,पुस ३ ।

    कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।  लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।

    खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।                                                                             

    यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका हुन् । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology