बुटवल,पुस ३ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा उज्यालो तिलोत्तमा सडक बत्ती परियोजनाको तयारी गरिएको छ ।
नगर प्रमुख रामकृष्ण खांणले आज नेपाल बिद्युत प्राधिकरणमै पुगेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग भेटघाट गरि तिलोत्तमाका मुख्य सडकहरूमा सडक बत्ती जडान गर्ने प्रस्तावमा सहकार्यको सहमति गरिएको छ ।
सिद्धार्थ राजमार्गबाहेका भित्री तर मुल सडकहरुमा उज्यालो झिलिमिली बनाइने छ । तिलोत्तमामा एडिबीले लगानी गरेका मंगलापुर कान्छिबजार सडक,ड्राईभरटोल शिवपुर,पत्थरडाडां तिनाउ नदी सडक र भलवारी तिनाउ सडकमा सडक बत्ती जडान हुनेछ ।
यसमा बिद्युत शुल्क लागत ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत प्राधिकरणले ब्योहोर्ने सहमति भएको छ। यसले तिलोत्तमाको बिकासमा थप टेवा पुग्ने नगर प्रमुख रामकृष्ण खांणले बताए ।
उनले यसैगरि नगरमा आवश्यक ट्रान्सफर्मर जडान गर्न समेत पहल गरिएको बताए । नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहकार्यको प्रस्तावमा सहमति जनाएको जानकारी दिए ।
उज्यालो तिलोत्तमा बनाउन आवश्यक अन्य काम समेत शुरु भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)