Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस उपसभापति गुरुङ र लुम्बिनी सभापति पुनबीच संसदीय दलको निर्वाचनबारे छलफल

कांग्रेस उपसभापति गुरुङ र लुम्बिनी सभापति पुनबीच संसदीय दलको निर्वाचनबारे छलफल

  • 1.5K
    SHARES

  • कांग्रेस उपसभापति गुरुङ र लुम्बिनी  सभापति पुनबीच संसदीय दलको निर्वाचनबारे छलफल

    बुटवल,पुस ३ ।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबीच आइतवार भेटवार्ता भएको छ। उक्त भेटमा संसदीय दलको निर्वाचनबारे छलफल भएको छ।

    सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न गुरुङलाई आग्रह गरेका छन्। साझा उम्मेदवार दिन सकेमात्रै समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिएका छन्।

    उनीहरूबीचमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ। इतर समूहबाट डा। शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology