Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मण्डपमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीब्र

बुटवल मण्डपमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीब्र

  • 2.0K
    SHARES

  • बुटवल मण्डपमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीब्र

    बुटवल,पुस ३ ।

    बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी अन्तिम अवस्थामा पुगेको छ ।

    आयोजक रुपन्देही उद्योग संघले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रदर्शनीको तयारी बारे जानकारी गराएको हो ।प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा भएको आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधव पौडेलले कोभिड–१९,रूस युक्रेन युद्व बैंक तथा वीत्तीय संस्थाको चर्को ब्याजदरका कारण संकटमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।उनले अहिलेको विषम् परिस्थितिमा प्रदर्शनीको भूमिका अझै बढेको बताए ।

    अध्यक्ष पौडेलले राजधानी बाहिर प्रदर्शनीको सफल आयोजना गर्दै आएको स्मरण गर्दै यस पटकको आयोजनालाई अझ पृथक बनाइने जानकारी गराए उनले प्रदर्शनीको आयोजक रुपन्देही उद्योग संघ भए पनि प्रदर्शनीले दिने कुरा र आयोजना सबैको साझा भएकाले यसको अपनत्व सबै क्षेत्रले लिनुपर्ने बताए । प्रदर्शनीको आयोजनाले एउटा संस्थालाई फाइदा दिने होइन्, समग्र आर्थिक क्षेत्रलाई गतिशील बनाउन सहयोग पुर्याउने भन्दै अध्यक्ष पौडेलले सबैले आफ्नो सम्झिएर सहयोग गर्न आग्रह गरे ।

    यस पटकको प्रदर्शनीलाई प्रविधि मैत्रीका साथै दर्शक मैत्री बनाउन नयाँ अनुभूति र सन्देश दिने गरी कार्यक्रमहरु अगाडि बढाएको अयोजकले जनाएको छ । विभिन्न क्षेत्रहरुबाट आएका राम्रा र कार्यान्वयन गर्न सकिने कुराहरुलाई सकेसम्म कार्यान्वयन गरेर जाने प्रतिवद्धता आयोजकले गरेको छ ।

    प्रदर्शनी सफल बनाउन सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहने भन्दै उनले कामका दौरानमा हुने कमीकमजोरीलाई सकारात्मक रुपमा औल्याइदिएर प्रदर्शनी सफल बनाउन सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरे ।रूपन्देही उद्योग संघ,लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुुक्त आयोजनामा यही पुस ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ४५० स्टल रहने जनाइएको छ ।

    कार्यक्रम संघका महासचिव समेत रहेका मूल आयोजक समितिका सदस्य सचिव हरी बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology