Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्याङ्जाको पञ्चमूलमा वृहत् स्वास्थ्य शिविर

स्याङ्जाको पञ्चमूलमा वृहत् स्वास्थ्य शिविर

  • 1.4K
    SHARES

  • स्याङ्जाको पञ्चमूलमा वृहत् स्वास्थ्य शिविर

    स्याङ्जा,पुस ३ ।

    स्याङ्जाको आधींखोला गाउँपालिका कार्यलय र नेलम्बो नेपालको संयुक्त आयोजनामा पौष १ र २ गते दुई दिन पन्चमुल प्राथमिक स्वास्थ्य केन्द्र राजास्वारा वृहत् स्वास्थ शिविर सम्पन्न भएको छ ।

    शिविरमा पालिकाका अन्तर्गतका विभिन्न ठाउँबाट नागरिकको सहभागीता रहेको थियोे । शिविरमा जनरल फिजिसियन,छाला रोग, हाडजोर्नी ,दन्तरोग, भिडियो एक्स-रे, मुटुको इ।सि।जि। तथा विभिन्न रोगहरुको प्रयोगशाला परिक्षण,औषधि बितरण साथै स्वास्थ्य  सचेतना सहितका निशुल्क स्वास्थ्य  शिबिर कार्यक्रमको आयोजना गरिएको थियोे ।

    शिविर समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आधींखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जनताको स्वास्थ अवस्था प्रति जिम्मेवार बन्दै शिविर सञ्चालन गरेको बताउनु भएको थियोे ।sir.jpg

    अध्यक्ष पौडेलले पालिकाका विभिन्न ग्रामीण क्षेत्रमा सुविधासम्पन्न हस्पिटल तथा स्वास्थ प्रयोगशालाको अभाव साथै समय समेत नमिलेर गाउँ घरमा रहेका आमाबुबा तथा दिदीबहिनीहरुका स्वास्थ समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको बताउनु भयो ।

    गाउँ घरमा समय र आर्थिक दुवै अभावले रोग पालेर बस्नुहुन्छ् हामीले उहाँहरुका समस्या बुझेर नेलम्बो नेपाल लाई समेत अनुरोध गर्दै उक्त शिविर सञ्चालन गरेका हौं पौडेलले भन्नुभयो  ।  कार्यक्रमको बिशिस्ट अतिथि प्रशासकिय अधिकृत युवराज अधिकारी हुनुहुन्थ्यो ।   शिविरमा सयौं नागरिकको सहभागीता रहेको थियोे ।

    शिविरमा सहभागी हुन आउने वृद्ध आमाहरूले आफ्नै घर आगनमा स्वास्थ चेकजाँच गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए भने पालिका र वडा कार्यलयलाई धन्यवाद दिएका थिए ।

    वडा १ का अध्यक्ष  पबनकाजि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ केन्द्र प्रमुख डिल्लीराम अधिकारीले गर्नु भएको थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology