Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक’

‘पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक’

  • 1.1K
    SHARES

  • ‘पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक’

    बुटवल,पुस १ ।

    सञ्चारिका समूह नेपालको आयोजना तथा आईपासको सहयोगमा  पत्रकार महिलाहरुका लागि प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ ।

    तालिमको आज एक कार्यक्रमका बीच समापन गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल धमलाले समाजमा लिङ्गको आधारमा विभेद हटाउन अवस्था र व्यवस्थाबीचको खाडल पुर्नुपर्ने बताउनुभयो । देशको व्यवस्था उत्तम रहेपनि अवस्था उस्तै रहकाले परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो । महिलाले नेतृत्व गरेको संस्थामा अनियमितता, विवाद नहुने अध्ययनले नै देखाएको बताउँदै उहाँले अब महिलाहरु नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो । सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउन सस्थाले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।

    सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले प्रदेशले पनि पत्रकार महिलाको क्षमत विकासका लागि प्रदेश अन्तर्गतका निकायसँग समन्वय गरी काम गर्दै आएको जानकारी गराउनुभयोे । तिन दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन नेपाल चेकका सम्पादक दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    तालिमको दोस्रो दिन प्रेस काउन्सिलका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिला र नेतृत्व विकास र  न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौड्यालले  नेतृत्व विकास, प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । तेस्रो दिन अधिवक्ता डा. सर्मिला श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य र कानुनी अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका २५ जना पत्रकार महिलाको सहभागिता  थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology