Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनमा निर्वाचित नयाँ नेतृत्वको पदस्थापन

बुद्ध सामुदायिक टेलिभिजनमा निर्वाचित नयाँ नेतृत्वको पदस्थापन

  • 1.7K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनमा निर्वाचित नयाँ नेतृत्वको पदस्थापन

    बुटवल,पुस १ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । बुटवलमा आज एक समारोहका बिच ओम ज्ञवालीको अध्यक्षमा सर्वसम्मत निर्वाचित कार्यसमितिलाइ निर्बाचन समितिले सपथ खुवाउदै पदस्थापन गराएको हो ।

    उहाँहरुलाइ पमाणपत्र समेत हस्तान्तरण गरिएको छ । समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ तथा सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल,दुर्गा नेपाल,रणबहादुर खनाल,रामबहादुर थापा,डोलराज बस्याल,घनश्याम तिवारी निर्वाचित हुनुभएको थियो ।

    प्रमुख निर्बाचन अधिकृत डा बुद्धबहादुर थापाले नयाँ टीमलाई कार्यभार सहितको जिम्मेबारीलाइ थप ब्यबस्थित ढंगले अगाडि बढाउन आग्रह गर्नुभयो ।

    अधिबक्ता कैलाश ज्ञवालीको संचालन तथा रेखा भुसालको स्वागतमा भएको कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनको समग्र बिकास र भौतिक पुर्वाधार निर्माणको पहल गर्ने बताउनुभयो ।

    टेलिभिजनको मंसिर १७ गते भएको पाँचौँ अधिवेशनले ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको थियो ।

    यी समाचार पनि हेराैँ:-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology